नुवाकोटमा माइक्रो दुघर्टना, चारको निधन

accident khabar नुवाकोट, कार्तिक ८ । काठमाण्डौबाट त्रिशुली जादै गरेको माइक्रो बस नुवाकोटस्थित पासाङ ल्हामुमार्गको बेगकोट नमुना गाविसमा दुघर्टना हुँदा ४ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । बा १ ज ९७५७ नम्वरको रुट विनाको माइक्रो बस बेगकोट नमुना गाविस वडा नम्वर ५ ती गाउँस्थित ओरबोटे भिरवाट करिव ५ सय मिटर तल खसेको हो ।


घटनास्थलमा तीन जना महिला र एक जना पुरुषको शब भेटिएको र १३ जना घाइतेलाई उपचारका लागि काठमाडौ ल्याइएको नुवाकोटका प्रहरी निरीक्षक मनोज लामाले जानकारी दिनुभयो । बेलुकी सवा ६ वजेतिर दुर्घटना भएको र अध्याँरोका कारण सबै विवरण आइनसकेको प्रहरीले जनाएको छ ।


 

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video