अमेरिकामा विनासकारी स्यान्डी आँदी
१४ कात्तिक, काठमाण्डौ । क्यारेबियन क्षेत्रबाट अघि बढेको इतिहासको बिनासकारी हुने अनुमान गरिएको समुद्री आँधी स्याण्डीले अमेरिकी राज्यहरुमा ब्यापक क्षति पुर्याएको छ ।
स्थानीय समयअनुसार सोमबार राती १० बजे न्यू जर्सी राज्यको समुद्री तटमा प्रवेश गरेको छ । भारी बर्षासँगै प्रति घण्टा एक सय ३० किलोमिटरको गतिमा अघि बढेको आँधीका कारण सो क्षेत्रमा बिजुली कटौती भएको तिब्र हुरीबतास चलिरहेको बीबीसीले जनाएको छ । स्थानीय समयअनुसार बिहानसम्ममा न्यूयोर्कसहित पूर्वी तटीय क्षेत्रमा भारी बर्षा भएको, सबवे र कार टनेलहरुमा पानी जमेको जनाइएको छ ।
अहिलेसम्म स्याण्डीका कारण १६ जनाको ज्यान गएको बताइएको छ भने बिस्तृत क्षतिको बिबरण आइसकेको छैन् ।