आंधीले अस्तव्यस्त, ७ जनाको मृत्यु

कात्तिक १६ । भारतमा बंगालको खाडीबाट आएको चक्रवात आंधी नीलमका कारण ७ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता रहेका छन्। आंधीले दक्षिणी भारतको पुर्वीय तटीय क्षेत्र तामिलनाडु र पुडुचेरीमा ५ जना र आन्ध्र प्रदेशमा २ जना गरी ७ जनाको मृत्यु भएको हो। आंधीको गति भएको भएपनि तामिलनाडु र आन्ध्र प्रदेशमा अधिकमात्रामा वर्षा भइरहेको बताइएको छ। आंधी अनुमान गरिएभन्दा कम क्षति पुर्याएको अधिकारीहरुले बताएका छन्।
आंधीका कारण चेन्नाईबाट सुरक्षित स्थानमा सारिएका ४ हजार नागरिकलाई अब फिर्ता हुन सक्ने अधिकारीहरुले बताएका छन्। अधिक वर्षाका कारण चेन्नाईका बिद्यालयहरु अझ केही दिन बन्द हुने जानकारी गराइएको छ। आन्ध्र प्रदेशको आंधी प्रभाबित क्षेत्रमा अन्नबाली पुरै नष्ट भएको छ भने यातायात समेत प्रभाबित भएको छ।