प्रचण्डलाई झापड हान्ने कुँवर चर्चाको शिखरमा

Padam Kunwarकाठमाडौं, मंसिर २ । एकीकृत नेकपा(माओवादी)ले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाललाई गालामा झापड हान्ने व्यक्ति बाग्लुङ राजकोटका पदम कुँवर रहेको प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा यस्तो बुझिएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रमुख वरिष्ठ उपरीक्षक जयबहादुर चन्दले जानकारी दिएका छन्।
प्रचण्डमाथि सार्वजनिक कार्यक्रममै झापड हान्ने पदम कुँवर बाग्लुङको राजकोट गाउं विकास समिति वडा नम्बर २ का वासिन्दा हुन् । राजनीतिक रुपमा कुँवरको परिवार नै माओवादी रहेको पुष्टी भएको छ । पदम कुँवर स्वयं माओवादीको युवा संगठन वाईसीएलको गाउं कमिटीका अध्यक्ष रहिसकेका हुन् ।
गत असारमा एकीकृत माओवादी विभाजन भएपछि यिनी नव गठित नेकपा माओवादीतर्फ लागेका हुन् भने अहिले उनी जनस्वयं सेवक ब्युरो बाग्लुङका सदस्य रहेका छन् । पदमका बुवा प्रेमबहादुर एकीकृत माओवादीको जिल्ला नेता थिए भने अहिले उनी नेकपा–माओवादीको बाग्लुङ जिल्ला कमिटीको सचिवालय सदस्य रहेका छन् ।
पदम कुँवरमाथि दुईवटा कानुन लाग्न सक्छन्, एउटा मुलुकी ऐनको महल ९ अनुसार ‘कुटपिटको’ र दोस्रो सिडियोले गर्ने कारवाही अन्तरगत केही सार्वजनिक (अपराध नियन्त्रण) ऐन । कुँवरले साथमा धारिलो हतियार नबोकेको र खुनी प्रकारको आक्रमण नगरेका कारण उनीमाथि ‘ज्यान मार्ने उद्योग’ जस्तो कडा कानुन प्रभावित हुने स्थिति छैन । कानून सबैलाई समान हुने हो भने प्रचण्डलाई कुटे पनि वा सामान्य नागरिकलाई कुटे पनि दोषीमाथि एउटै सजाँय हुन्छ ।


भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video