नायिका मनिषा काईरालालाई क्यान्सर
मंसीर १४, बलिउडकी चर्चित नेपाली नायीका मनिषा काईरालालाई क्यान्सरको उपचारको लागी अस्पताल भर्ना गरिएको छ । केहि दिन अघि काठमाडौमा एक्कासी विरामी भएपछि नर्भिक अस्पताल भर्ना भएकी कोईरालालाई थप उपचारका लागी भारत लगीएको छ । उनलाई भारतको मुम्बई स्थित जसलोक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फुड प्वाईजनिङ्गको आशंकामा उपचार गरिएकी काईराला बेहोस भएपछि २ दिन अघि मुम्बई लगीएको हो । मनिषाकी आमा सुषमा कोईराला उनि सँगै मुम्बई गएकि छिन् भने बुबा प्रकाश र भाई सिद्धार्थ मुम्बई जाने तयारीमा रहेको बुझिएको छ ।