चिर्पट प्रहार गरी आफ्नै श्रीमतीको हत्या
सुनसरी कार्तिक २० ।सुनसरीको पाँचकन्या गाविसमा श्रीमानले चिर्पट प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ । पाँचकन्या–५ का ४० बर्षीय श्रीमान बल बहादुर बस्नेतले चिर्पट प्रहार गर्दा ३१ बर्षीया श्रीमती मैया देवी बस्नेतको ज्यान गएको हो ।बलबहादुरले आज विहान साढे सात बजेतिर आफ्नी श्रीमती मैयालाई दुध बेच्न धरानतर्फ जानेक्रममा फागुने जंगलमा पछाडिबाट चिर्पटले प्रहार गरेका थिए । चिर्पट प्रहारबाट घटनास्थलमै उनको ज्यान गएको थियो ।चिर्पट प्रहार गर्ने बलबहादुरको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।श्रीमतीको हत्या गरी फरार भएका बलबहादुरको खोजी गर्नुको साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।