अमेरिकी राष्ट्रपति ओबामा दोस्रो कार्यकालका लागि पुन: निर्वाचित

Congratulations Obamaवासिङ्टन, कात्तिक २२ (एजेन्सी) - हिजो भएको चुनावबाट बाराक ओबामा दोस्रो कार्यकालका लागि राष्ट्रपति हुने निश्चित भएको छ। नेटवर्क प्रोजेक्सनले गरेको प्रक्षेपणअनुसार रिपब्लिकन उम्मेदवार मिट रोम्नीलाई पन्छाउँदै बाराक ओबामा दोस्रो कार्यकालका लागि चयन हुने निश्चित भएको हो। 


फ्लोरिडा, ओहायो र भर्जिनियाको मत घोषणा हुन बाँकी रहँदै ओबामा जित्ने निश्चित भएको हो। यी क्षेत्रमा डेमोक्रेटको संख्या बढी रहेको मानिन्छ। फ्लोरिडामा बाराक केही मतले अघि छन् तर दक्षिणी फ्लोरिडाको मत गणनाले उनलाई थप माथि उकाल्नेछ।


भर्जिनियामा भने रोम्नीले लिड गरिरहेका छन्। प्रारम्भिक परिणामअनुसार ओबामाले आफ्नो गृह राज्य इलियन र मस्कट्समा जित हासिल गरेका छन्। मेरिल्यान्ड र कोलम्बिया पनि ओबामाकै पक्षमा देखियो। स्विङ स्टेट मानिने मिसिगन र पेन्सिलभानिया लगायत चार वर्षअघि जित हासिल गरेका धेरै राज्यमा ओबामा नै अघि देखिए। 

रोम्नीले साउथ, पश्चिम भर्जिनिया, इन्डियाना, ओक्लाहामामा जित हासिल गरे। उनी आफ्नै गृह राज्य मिसिगनमा ओबामासँग पछि परे। 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 


Click Here to Watch Video