दाहालले नै तिरिदिए कुँवरको धरौटी !

Padam Kunwar Releasedकाठमाडौ, मंसिर २६ - काठमाडौं प्रशासन कार्यालयले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई २५ दिनअघि भृकुटीमन्डपमा झाप्पड हान्ने पदम कुँवरलाई मंगलबार मुक्त गरेको छ ।


एमाओवादी अध्यक्ष दाहालले नै कुँवरका लागि २८ हजार रुपैयाँ धरौटी प्रशासन कार्यालयमा जम्मा गरेपछि कुँवर मुक्त भएका हुन् । यसअघि सोमबार प्रशासनले २८ हजार धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएकोमा धरौटी तिर्न नसक्दा कुँवर जेल चलान भएका थिए ।


प्रशासनले कुँवरलाई उनका भिनाजु भिम भारतीको जिम्मा लगाएको छ । एमाओवादी अध्यक्ष दाहालकै तर्फबाट धरौटी रकम आएपछि कुँवर थुनामुक्त भएको काठमाडौंका सिडिओ चुडामणि शर्माले जानकरी दिए । दाहालका सहयोगी शिव खकुरेल धरौटी रकम लिएर प्रशासन कार्यालय पुगेका थिए । सिडिओ शर्माका अनुसार कुँवरलाइ ७ दिनको तारेखमा छाडिएको छ । उनको अन्तिम फैसला हुन बाँकी छ ।


प्रशासन कार्यालयबाट भिम र पदम प्रहरीको गाडीमा केन्द्रिय कारागार गएका छन् । त्यहाँ अभिलेख राखेपछि उनी मुक्त हुनेछन् ।


विदेशीमा रहेका नेपालीहरुको दिएको धरौटी रकम लिएर प्रशासन पुगेका भिमलाई प्रशासनले धरौटी वाफतको रकम २८ हजार तिर्नु नपर्ने बताएको थियो । 'मलाई धरौटी तिर्नु पर्दैन्, माथीबाट यस्तो आदेश आएको छ भने' भिमले इकान्तिपुरलाइ भने । उनले अन्तिम घडीमा दहालले धरौटी तिरेकोमा आफुहरु सन्तुष्ट नभएको बताएका छन् । यसैगरी अब पदमले आफुलाई कुट्ने बिरुद्ध जाहेरी दिने पनि भिमले बताएका छन् । 'एउटा मुद्धा किनारा लाग्यो अब हामी अर्को मुद्धाको तयारीमा छौं' भीमले भने ।


भिडियो हेर्न यहाँ थिच्नुहोस 


Click Here To Watch Video