Nepali Movie Notebook Posters

नायक जीवन लुइटेल र नायिका नीता ढुंगानाले अभिनय गरेको चलचित्र ‘नोटबुक’ को फस्टलुक सार्वजनिक गरिएको छ । योगेश घिमिरेको निर्देशनमा तयार भएको सिनेमालाई प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो सिनेमाले ५० बर्षपछिको नेपालको अवस्था चित्रण गर्न खोजेको छ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् ।