गायक सुगम पोखरेल पक्राउ !
पप गायनसँगै पछिल्लो समय पार्श्व गायन र संगीतमा चर्चामा रहेका गायक तथा संगीतकार सुगम पोखरेल लागूऔषध प्रयोग गरेको अभियोगमा पक्राउ परेका छन् ।
लागु औषध कारोबार भइरहेको खबर पाएपछि प्रहरीले सुगम सहित ७ जनालाई राजधानीको सेतोपुल मुनिबाट पक्राउ गरेको हो । नयाँ बानेश्वरको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंका खगेन्द्र शाही र झापाका उमेश दाहाल, श्यामुल मगरको साथमा सुगमलाई पक्राउ गरेको हो । पक्राउ पर्ने अरू थप तीन जनाको नाम भने खुल्न आएको छैन ।
पहरीले पक्राउमा परेकाहरूको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । अहिले यस बिषयमा छानबिन भईरहेको जनाउँदै प्रहरीले लागूऔषध सेवन गरेका र कारोबार गरेकाहरूलाई कारवाही गर्ने बताएको छ । यदि सुगमले लागुऔषधको कारोबार गरेको ठहर भएमा नेपालको कानुन अनुसार उनलाई १ वर्षसम्म कैद र दश हजारसम्म जरीवाना हुनसक्छ । - FilmyKhabar