२ लाख यूरोसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ
काठमाडौ, कात्तिक १० । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध रुपमा नेपालबाट भारत लैजान लागिएको झण्डै २ लाख युरो अर्थात २ करोड १४ लाख ५० हजार नेपाली सहित शुक्रबार एक जना नेपाली नागरिक पक्राउ परेका छन् ।
स्पाईस जेट एयरको बिहान साढे ११ बजेको उडानबाट दिल्ली लैजान लागिएको १ लाख ९५ हजार युरो सहित हुम्ला लिमि ५ का टसी लामालाई एयरपोर्ट प्रहरीले पक्रेको हो । उनी नेपाल र चीन विच जडिवुटी ब्यापारमा सग्लन रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बरामद भएको युरो र पक्राउ परेका लामालाई पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । अहिले एयरपोर्ट प्रहरीकै नियन्त्रणमा रहेको लामालाई थप कागजात मिलाई कारवाहीका लागि राजस्व अनुसन्धान बिभाग पठाईने बस्ताकोटीले जानकारी दिनुभयो ।