Nepali Movie 'Mahesha' Posters

छविराज प्रोडक्शन र रेखा फिल्मस्को संयुक्त व्यानरमा तयार भएको चलचित्र ‘हमेशा’को फस्ट लुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुक अनलाइनखबरमार्फत सार्वजनिक गरिएको हो । रेखा थापाको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा रेखा थापा, सविन श्रेष्ठका साथमा नव नायक नरेन खड्काको अभिनय छ । चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्र लभस्टोरी तथा द्धन्दप्रधान रहेको निर्देशक श्रेष्ठले बताए । - OnlineKhabar